कोेरोना पुष्टि हुनु अघि नै मृत्यु

नेपालगञ्ज – कोरोना पुष्टि भएको रिपोर्ट आउनु अघि नै बाँके खजुरा–३, बीगाउँका ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले गएराती ११ बजे बीगाउँका ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना शंका लागेपछि १५ गते कोहलपुर मेडिकल कलेजमा पुगेका ४० वर्षीय पुरुषको त्यही दिन स्वाव लिइएको थियो । रिपोर्ट १६ गते आइपुग्दासम्म उनको मृत्यु भइसकेको थियो । फोकलपर्सन श्रेष्ठले स्वास प्रश्वासको समस्याले उनको मृत्यु भएको बताउनुभयो ।
योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !