दश दिन पुगेका ६० जना घरतिर

नेपालगञ्ज – दश दिनसम्म आइसोलेसनमा बसेका ६० जना घर फर्किएका छन् ।
कात्तिक ६ गते कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका ६० जना आइतबार डिस्चार्ज भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ६० जनालाई निको भएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा ३६ पुरुष र २४ जना महिला रहेका छन् ।
लक्षण चिन्ह नदेखिएकाहरुलाई दश दिनमा स्वतः घर पठाउने गरिएको छ । जिल्लामा अहिलेसम्म दुई हजार आठ सय ८४ जना डिस्चार्ज भएका छन् । २ सय ३२ जना आइसोलेसनमा बसेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !