६ जना घर फर्किए
नेपालगञ्ज – भदौ २२ गते कोरोना पुष्टि भएका ६ जना डिस्चार्ज भएका छन् ।
कोरोना जितेर फर्किएका उनीहरु मेडिकल कलेज चिसापानी कोहलपुर, भेरी अस्पताल र इन्द्रेणी होटलमा बसेका थिए । डिस्चार्ज हुनेहरु मेडिकल कलेजका कर्मचारीसहित छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले हालसम्म जिल्लामा एक हजार २ सय ५० जना डिस्चार्ज भएको जानकारी दिनुभयो । ३ सय ३९ जना विभिन्न आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ९९ जना पुगेको छ ।