कोरोनाबाट ५९ वर्षीयको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११.३० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
फोक्सोमा निमोनिया रहेका ५९ वर्षीय पुरुषलाई स्वास्थ्य समस्या देखिएपछि भदौ २० गते साँझ अस्पताल ल्याइएको थियो । त्यही राती स्वाव लिएर परीक्षण गर्दा भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
उनको स्वास्थ्य बिग्रिदै गएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । गएराती साढे एघार बजे उनको मृत्यु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !