सन्दर्भ : संविधान दिवस २०७७


आज आश्र्विन ३ अर्थात भारतको रोहबरमा भएको १२ बुँदे बिस्तृत शान्ति सम्झौताका सर्त अनुसार लेखन गरिएको संविधानलाई सार्वजनिक गरिएको दिन २०७२ । यो दस्ताबेज ले लेखनदेखि छापाखानाबाट कपडामा लपेटिएर संसद भवन नआउँदासम्म पनि बाह्य शक्तिहरुको निर्लज्जतापूर्ण तरिकाको खटन पटन के कस्तो रह्यो नेपाली सामु छर्लङ्ग छ । कुरा के मात्र हो भने यहि ०७२ को संविधानले पनि कतै च्याँतिदै त कतै पोलिदै पाँचौ बर्ष पार गर्न सफल भए छ । त्यस अर्थमा यसको प्रतिरोधात्मक क्षमतालाई बधाई दिनै पर्ने हुन्छ । यो कार्यलाई मूर्तरुप दिन लाग्नु हुने तात्कालिन प्रम सुशील कोइराला, पुष्पकमल, नेकपा एमालेका माधव नेपाल, केपी ओली, झलनाथ खनाल आदिका अतिरिक्त यसलाई सार्वजनिक गर्न राष्ट्रपति डा. रामबरण यादवको साहस अनि अन्य धेरैको योगदान कदर गर्न योग्य छन् ।
यसै पृष्ठभूमिमा आजको दिनमा यति मात्र भनु कि अब यो संविधानले पनि बिदेशी कै उक्साहटमा जे सुकै नामको आन्दोलनबाट च्यातिएर फालिन न परोस् र पुनर्लेखनका नाममा छुल्याहा संभ्रान्त बर्गलाई सँधै दशैँ नआवस् ।
सम्भवतः नेपाली मिडियामा संविधानको बिषयले अरु थप एक÷दुई दिन चर्चा पाउला र यसका पक्ष र बिपक्षमा आ–आफ्ना मालिकहरुलाई रिझाउने गरि सम्प्रेषण हुने बिचारहरुले छापा, अनलाइन र सामाजिक संजालमा ठाउँ पनि पाउलान् । तर के यस्तै चर्चा र परिचर्चाले मात्र संविधानले परिकल्पना गरेको सुखी र सम्बृद्ध नेपालको चाहना यिनै र यस्तै नेतृत्वले पुरा गर्न सक्लान् ? जसले आफ्नो र आफन्तीको स्वार्थका खातिर जे पनि गर्ने आँट राख्द छ । त्यसमाथि स–साना गुट र उपगुटमा बिभाजित नेता अनि तिनकै कार्यकर्ता जससंँग सहीलाई सही र गलतलाई गलत भन्ने आँट शून्य छ ।
हाल नेपाली राजनीतिमा केही नयाँ र फरक खाले प्रबृत्तिहरु मौलाउँदै गएका देखिन्छन्, जो तात्कालिक रुपमा दललाई र दीर्घकालिन रुपमा देशका लागि हानिकारक छन् । जसमध्ये अन्धभक्ति, ब्यक्तिगत स्वार्थका खातिर जे पनि गर्न तयार, अराजनीतिक सोच, पद र पैसा प्रतिको मोह छन् ।
निः सन्देह आज हरेक राजनीतिक दलहरूमा यस प्रकारका प्रबृत्तिबाट ओत प्रोत मानिसहरुको जमात बाक्लो छ । जसबाट नेतृत्वले सहजै मुक्ति पाउन सम्भब देखिदैन । आफ्नो किताब ‘Animal Farm’मा George Orwell लेख्छन्, ‘political language is designed to make lies sound and truthful and murder respectables and give an appearance of solidarity to pure wind’ ओरलको यो भनाइ नेपाली नेता र कार्यकर्ताका लागि सत्य न बनोस् । संविधान दिवसका दिन यही कामना छ ।जय देश । जय स्वभिमान ।


error: यो सुविधा उपलब्ध छैन !