चार कैदी खुशी भए

नेपालगञ्ज – संविधान दिवसको अवसरमा नेपालगञ्ज कारागारमा रहेका चार जना कैदीले माफी पाएका छन् ।
जेलर देवेन्द्र श्रेष्ठका अनुसार, बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिंह कामी टमटाको कैद मिनाहा भएको छ । क्षेत्रीलाई ज्यान मार्ने उद्योग र डाँका चोरी, थापा र बस्नेतलाई ज्यान सवारी मुद्दा र टमटालाई कर्तब्य ज्यान मुद्दा लागेको थियो ।
नेपालगञ्ज कारागार प्रशासनले पाँच जना जेष्ठ नागरिकको कैद मिनाहाका लागि अनुरोध गरी पठाएको थियो । उनीहरुको कैद माफी हुन सकेन । जेष्ठ नागरिकको माफीका लागि यो दोस्रो पटक नाम पठाइएको थियो । अधिकांश जेष्ठ नागरिक जबरजस्ती करणीमा जेल पुगेका छन् ।
नेपालगञ्जमा ७ सय ८५ जना कैदी बन्दी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !