झिमरुकको तीरैतीरमा रुमलिदा

प्रा.डा. जनार्दन आचार्य (नेपालगञ्ज) – केही महिना पहिले मेरा युवाबस्थाका मित्र, शुभचिन्तक तथा त्रिचन्द्र कलेज पढ्दा बखतका सहपाठी (संकाय फरक) मदनबहादुर केसीद्वारा लेखिएको ‘झिमरुकको तीरैतीर’ नामक आत्मबृतान्त उहाँकै हातबाट प्राप्त गरे । सर्वप्रथम, मलाई पुस्तकको शिर्षकले नै आकर्र्षित ग¥यो । किनभने झिमरुकको त्यो फाँट प्युठानका लागि मात्र नभई त्यसका आसपासका जिल्लाहरूमा बसोबास गर्ने जनसंख्यालाई समेत भरणपोषण गर्नसक्ने क्षमता भएको उर्वरभूमि हो । यद्यपि आजको अब्यबस्थित शहरीकरण र अतिक्रमणको मारबाट यो फाँट कति दिन टिक्ने हो भन्न गाह्रो छ । तर पनि आजको पुस्ता पर्यावरणीय असरबारे चनाखो भएकोले यसको मुहान र फाँट बचाई राख्न सफल हुने छन् ।
एक्सिस प्रिन्टर्स प्रालि, न्युल्पाजा काठमाडुबाट मुद्रण तथा लक्ष्मी केसीद्वारा प्रकाशित यस पुस्तक मा ३ सय ७६ पृष्ठ छन् । छपाई साह्रै राम्रो छ भने लेखन व्यवसायिक लेखकहरुको भन्दा कम छैन । लेखकले पुस्तकमा उल्लेख गरेका कतिपय नामहरुसँंग म पनि बनारस, दाङ वा काठमाडौं मा परिचित हुने अबसर पाएकाले पनि मलाई यो पुस्तक पढ्दा ती पुराना दिनहरुको सम्झना ताजा भएको अनुभूति भयो । मेरो बिचारमा त्यस भेगका ज–जसले यो पुस्तक पढ्ने छन् सबैलाई आफ्नै कथा जस्तो लाग्ने छ ।
सम्भवतः हामीहरु एउटै पुस्ताको भएको नाताले त्यति बेलाको यातायात र सञ्चारको अभाव जति उहाँले खप्नु भो, सो मैले पनि र म जस्तै धेरैले भोग्यौ । अध्ययनकोे क्रममा घरबाट निक्लदाको पीडा त्यसमाथि सामान सहित लामो बाटो हिडेर मात्र बासबस्ने थलो पुग्नुपर्ने बाध्यताले खप्नुपर्ने शारीरिक र मानसिक पीडा सबैका उस्तै–उस्तै छन् । तर उहाँले गाउँले परिबेसबाट बाहिर गएको कलिलो मनले के अनुभुत ग¥यो सो बारेको बर्णन र घटनाक्रमलाई सम्झने क्षमता देख्दा म आफै अचम्भित छु ।
यसैगरी, बिद्यार्थी जीवनमा त्यसमाथि काठमाडौमा डेरा खोज्नु र डेरामा सर्नु भनेको पनि चिठ्ठा किने जस्तै थियो । घरबेटी सरल र मिलन्सार परे भने चिठ्ठा परेसरह हुने हैन भने डेरा लिएकै दिनदेखि टेन्सन । मित्र केसीले विविध स–साना शीर्षकमा बाटेर लेख्नु भएकोले पनि पढ्न पट्यार लाग्दैन । कलेज पढ्दाका बखत गरिने बिद्यार्थी राजनीति, नेपाल बैंक लिमिटिेडको जागिरमा नियुक्तिदेखि अबकास सम्मका घटनाहरु यस पुस्तकमा संग्रहित छन् । अर्कोतिर बैकर्स भएर भोगेका सुखानुभूति छन् भने संस्थागत शैक्षिक संस्थाको प्रमुख हुँदाका बखत समकक्षीहरुबाट गरिने व्यवहार र ती सबै समस्याहरूको समाधानमा आफुले खेलेको भूमिकाबारे समेत उल्लेख छ ।
आफ्नो गृह जिल्ला मोह, पढाइमा लगनशीलता जस्ता कुराका अतिरिक्त परिबारमा आमाको निधन र त्यसपछिको आफ्नो जीवन र अन्तमा जीबनको उत्तरार्धमा प्रत्येकले सम्झिने आफ्नै परिवेश, बाल्यकालमा कुदेको चौर, खोला, डाडापाखाका अतिरिक्त समकालीन दौतरीहरु नै हुँदा रहेछन् भन्ने कुराको झलक लेखक दिन लेखक सफल हुनुहुन्छ । समग्रमा उक्त पुस्तक समकालीन समाज, त्यस ठाउँको भौगोलिक अबस्थाका अतिरिक्त मानिस जहाँ गए पनि उसलाई आफुले बिताएको बालापन, ठाउँ र दौतरीको सम्झना आइरहने कुरा लेखकले उल्लेख गरेका छन् ।
समग्रमा लेखकको यो प्रयास अनि धैर्यतालाई साधुबाद छ । उहाँको यो आँट र जागरबाट म र मेरो पुस्ताका हामीहरुले आफ्नै जीबनकाल खण्डका घटना र अनुभबहरुलाई लिपिबद्ध गर्नमात्र सक्यौ भने मात्र पनि आउँदो पुस्ताका लागि ठूलो सम्पत्ति साबित हुनेछन् भन्नेमा म आशावादी छु । अन्तमा, मित्र केसीबाट फेरि फेरि यस्तै कृतिहरु पढ्ने आशामा आजलाई विश्राम ।


error: यो सुविधा उपलब्ध छैन !