एघार जना थपिए

नेपालगञ्ज – बाँकेमा शनिबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लामा ११ जना संक्रमित थपिएका हुन् । केही दिनदेखि कोरोनाको हटस्पट बनेको प्रहरी कार्यालयमा आज पनि एकजना देखिएका छन् । संक्रमित देखिएका अरु नेपालगञ्जका विभिन्न वडाका रहेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय १० जना पुगेको छ । त्यसमध्येमा आठ सय १७ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ५ जनामा कोरोना देखिएको छ । उनीहरु गुलरिया, बढैयाताल, बाँसगढी र राजापुरका छन् ।


error: यो सुविधा उपलब्ध छैन !