मेडिकल कलेजका पाँचसहित आठ जना निको

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजका पाँचसहित आठ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले चिसापानी आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज मेडिकल कलेजका ५ जनासहित आठ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । अन्य तीन जनामा दुई जना आदर्शनगर र एकजना इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए ।
भदौ ७ गते कोरोना पोजिटिभ देखिएका उनीहरु आज डिस्चार्ज भएर घर जादैछन् । जिल्लामा अहिलेसम्म ८ सय २५ जना निको भएर घर गएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !