त्रिभुवनचोकमा कसको शालिक राख्ने ?

नेपालगञ्ज – नेपालगञ्जको मुटु मानिने त्रिभुवनचोकमा रहेको ठुटे शालिकलाई भत्काएर नयाँ बनाउन शुरु गरिएको छ ।
नामको विवादलाई थाती राख्दै अहिले त्रिभुवनचोकको शालिक रहेको ठुटालाई भत्काएर राष्ट्रिय झण्डा रहने गरी संरचना बनाउन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले एक लाख ३५ हजार ७ सय २१ रुपैया ६४ पैसामा उक्त संरचना बनाउन थालेको हो ।
अहिले त्यहाँ राष्ट्रिय झण्डा राखिने छ । पछि सर्वदलीय, सर्वपक्षीय सहमतिपछि शालिक राख्ने उपमहानगरपालिकाको बोर्डको निर्णय रहेको छ ।
त्रिभुवचोकमा राजा त्रिभुवनको शालिक थियो । २०६२÷६३ को जनआन्दोलन ताका त्यसलाई तोडफोड गरिएको थियो । त्रिभुवनको शालिक हटाएपनि जनजिब्रोमा त्रिभुवनचोक भन्न भने छोडिएको छैन । ठूलो तप्का इतिहास मेट्नु हुँदैन भन्ने लाइनमा छन् । केहीले अर्को नाम राख्ने अडान देखाइरहेका छन् ।
शालिक भत्काएपछि त्यसलाई बनेको संरचनासमेत जीर्ण र कुरुप देखिएपछि त्यसलाई नयाँ बनाउन थालिएको हो । चोकको सौन्दर्यकरणलाई ध्यान दिएर शालिक नराखेपनि राम्रो संरचना बनाउन थालिएको छ । पुरानो संरचना भत्काउन शुरु गर्दा नयाँ बन्ने संरचनाको तस्बिर देखाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !