एकै दिन ८० जना संक्रमित थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ ।
अस्पतालका अनुसार, बाँके र बर्दियामा गरेर ८० जनामा कोरोना देखिएको छ । बाँकेको जिल्ला प्रहरी कार्यालय, खजुरा र कोहलपुरमा कोरोनामा कोरोना देखिएको छ । बर्दियामा सबैजसो बाँसगढी नगरपालिकाका छन् ।
थपिनेमा ३८ जना बाँकेका छन् । बाँकेमा थपिनेमा नेकपाका नेता, डाक्टर र प्रहरीलगायत छन् । अरु बर्दियाका छन् । बर्दियाको बाँसगढीमा रहेको सिजी गु्रपमा काम गर्नेहरु रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !