नेकपाका सचिव कोइरालालाई कोरोना

नेपालगञ्ज – नेपाल कम्युुनिष्ट पार्टी, बाँकेका सचिव अशोक कोइरालालाई कोरोना पुष्टि भएको छ ।
पार्टी काममा प्रायः बाहिर निस्किरहने जिल्ला सचिव कोइरालालाई सामान्य लक्षण देखिएपछि कोरोना जाँच गरिएको थियो । बाँकेमा आज पुष्टि भएका ३८ जनामा जिल्ला सचिव कोइराला पनि पर्नु भएको छ ।
कोहलपुर निवासी कोइरालालाई कुन आइसोलेसनमा राख्ने बारेमा कुरा भइरहेको छ । कोइरालालाई आजको दिनमा कुनै लक्षण देखिएको छैन । ‘मलाई ठिक छ । अस्ती सामान्य रुघाखोकी लागेपछि कोरोना जाँच गरेको थिए, रिपोर्ट पोजिटिभ आएछ, कोइरालाले भन्नुभयो, अब १४ दिन आइसोलेसनमा बस्नु पर्ने भयो ।’
यसअघि नेकपा, बाँकेका संगठन विभागका प्रमुख रत्न खत्रीलाई कोरोना देखिएको थियो । उहाँ आइसोलेसन सेन्टरमा बसिरहनु भएको छ । नेकपाका नेता एवं प्रदेश सांसद कृष्णा केसीले कोरोना जितिसक्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !