फेरि बढ्यो निषेधाज्ञा

नेपालगञ्ज – बाँकेमा जारी निषेधाज्ञालाई शुक्रबार रातीसम्म बढाइएको छ । निषेधाज्ञा बढेपनि नेपालगञ्जको त्रिभुवनचोक, बाँकेगाउँ, बसपार्क एरियामा लगाइएको सील भोली हट्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बाँकेमा १७ गते रातीदेखि निषेधाज्ञा चलिरहेको छ ।
दैनिक संक्रमितको संख्या बढिरहदा निषेधाज्ञालाई तीन-तीन दिन गर्दै बढाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !