बाटोको देखाएर ‘खेत’ बिक्री, फसे कार्यवाहक वडाध्यक्ष
नेपालगञ्ज – ठग्ने पनि अनेक तरिका हुन्छन्, खाली सोझो मान्छे भेटिनु प¥यो । अझ जग्गा दलालको त कुरा गरि साध्य नै छैन ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बेलभारमा पनि यस्तै भएको छ । बाटो भएको जग्गा देखाएर खेत बिक्री गरिएको छ । जग्गा बेच्ने, बेचाउने र बाटोको जग्गा भनेर सिफारिस दिने कार्यवाहक वडाध्यक्षले बदमासी गर्दा सोझा व्यक्ति बाटो नभएको खेत किन्न पुगेका छन् ।
एक वर्षअघि जयन्ती तिमिल्सेनाले नौ लाख रुपैयामा २ कठ्ठा १८ धुर जग्गा किन्नु भएको थियो । त्यो जग्गा रामदुलारे अहिरको थियो । दिनेश यादवले किनाएका थिए । वडा सदस्य (कार्यवाहक वडाध्यक्ष) कुलेराज कुर्मीले बाटोको जग्गा भनेर सिफारिस गरेका थिए ।
यसमा कताकता नापी कार्यालयको पनि बदमासी देखिन्छ । कित्ता नं. ४०० रहेको जग्गा बाटोसँग जोडिएको र बाटो नभएको ठाउँमा रहेछ । जग्गा किन्ने बेलामा तिमिल्सेनालाई बाटोसँग जोडिएको जग्गा देखाइएको थियो । पछि भोग गर्न जादा पो थाहा भयो, बाटोसँग जोडिएको जग्गा त अर्कैको रहेछ । रामदुलारेले बेचेको जग्गा त बाटो नभएको खेत पो रहेछ ।
त्यसपछि शुरु भयो, अदालतको यात्रा । ठगीमा जाहेरी प¥यो । अदालतले दुई दिनअघि बेच्ने, बेचाउने र सिफारिस दिने तिनै जनालाई धरौटीमा छोडेको छ । जिल्ला न्यायाधीश फडानन्द तिवारीको आदेशमा बेच्ने रामदुलारेलाई एक लाख ५ हजार, सिफारिस दिने वडा सदस्य कुर्मीलाई ५० हजार र बेचाउने यादवलाई २७ हजार धरौटी मागिएको थियो । उनीहरु धरौटी बुझाएर गएका छन् ।