मेडिकल कलेजका पाँचसहित २६ थपिए

नेपालगञ्ज – बाँकेमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार, बाँके र दाङमा स्याम्पल संकलन गरिएका ५९ जना संक्रमित थपिएका छन् । त्यसमध्येमा बाँके ठेगाना भएका २६ जना रहेका छन् । बाँकी विभिन्न जिल्लाका रहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेजका थप पाँच जनामा कोरोना देखिएको छ । एकजना चिकित्सक र दुई जना कर्मचारी तथा दुई जना बिरामी भएको बुझिएको छ । दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि उनीहरुलाई कहाँ राख्ने समस्या हुन थालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !