सबैका प्यारा ब्रह्माण्डस्रष्टा श्रीकृष्ण

नेपालगञ्ज – ईश्वर, आज म तिम्रो बारेमा केही लेख्ने यत्न गर्दैछु । सत्य लेख्नमा मेरो कलम चलोस् ।
भगवान श्रीकृष्णलाई ईश्वरको आठौँ अवतार हो भन्ने मान्यता बैदिक सनातनीहरुको छ । पृथ्वीको भार हरण, धर्म र साधुहरुको रक्षा, दुष्कृतीको नाश गर्न, श्रीकृष्ण मृत्यु लोकमा अवतरीत भएको मानिन्छ । उनले महाभारतको युद्धमा हतास र भावुक हुँदै कर्तव्यबाट विमुख भएका आफ्ना बहिनी ज्वाई र प्रिय भक्त एवम् सखा अर्जुनलाई भनेका छन् ।
‘यदा यदाही धर्मस्य, ग्लानीर्भवती भारत…
अभ्युत्थानमधर्मस्य तदात्मानंसृजाम्यहम
परित्राणाय साधुनां बिनासाय चतुश्कृताम्
धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे ।’
गीतामा उनको पवित्र बाणी पढ्दानै उनी ईश्वर हुन् भन्ने अनुभूति हुन्छ । उनीसित रहेको यस्तो विद्घत्ता सामान्य मनुस्यमा हुँदैन । आजभोली सर्सर्ती गीता पढेर यसवारे व्याख्या गर्नेहरुको अधिकता छ । तर यसलाई तहसम्म बुझ्न केही पूर्वीय दर्शनहरु पढेर मात्र पुग्दैन । यसको तहैसम्म बुझ्नै पर्ने हुन्छ । त्यसमा पनि सांख्य दर्शन अर्थात ज्ञान दर्शनका धरातलसम्म बुझ्न पनि कठिन छ । सांख्य, भक्ति, कर्म, बुद्धि, बेदान्त र चार्वाक दर्शनहरु अध्ययन नगर्ने हो भने गहिराईमा गएर श्रीमद्भागवत गीता बुझ्छु भन्नु त छ महिनाको बालकले पौडेर समुन्द्र पार गर्छु भन्नु जस्तै हुन्छ । श्रीकृष्ण युद्ध, रणनीति र कौशलका ज्ञाता थिए । उनले मानव चोलाको मर्म र महत्वलाई चार्वाक्यले जस्तै प्रत्यक्ष र सुन्दर रुपबाट गीतमा पस्केका छन् । र, उनले पूर्वजन्म भन्दा मानव चोला नै कर्तव्य निर्वाह गर्न उत्तम मान्दछन् । बेदान्त दर्शनको बोल बाला भएको तात्कालिन अवस्थामा यस्तो विचार ठूलो क्रान्तिकारी विचार थियो । उनी आफ्ना दायीत्वहरु यसै योनीमा निर्बाह गर्न सुझाउँछन् किन भने जीवलाई न पूर्व योनीको ज्ञान र स्मरण छ नत पछि हुने जन्मबारे कुनै निश्चितता र सम्झना ।
श्रीकृष्ण तात्कालिन सामाजिक आवश्यकताका एक क्रान्तिकारी दार्शनिक विद्धान थिए । त्यतिबेला बेदान्त दर्शन र बुद्धि दर्शन अनुसार यो भौतिक जगतलाई मिथ्या मानिन्थ्यो । जीवको परम लक्ष परम तत्वको प्राप्ती अर्थात मोक्ष थियोे । जीव मायाको आधिन भएर कायालाई नै सर्वस्व मान्छ र भौतिक सुखमा रमाउछ । जुन सर्वथा अनुचित हो । परमार्थ प्राप्तीको लागी गृह त्याग, आशत्तिविहीनता र परमात्मामा लीन हुनुलाई जीवनको सर्बश्रेष्ठ मार्ग मानेको तात्कालीन परिबेशमा उनले कर्म सन्यास अर्थात अहंकारबिनाको कर्म अनि कर्मफल अर्थात कर्म गर्नु तर त्यसको फलको आशा नगर्नु भनेर पवित्र मनले जीवलाई कर्तव्य गर्न निर्देश गरेका छन् । सन्यास भन्नाले गृहस्थीको त्याग गर्नु कदापि होइन बरु कुनै पनि बहानामा कर्मबाट मुक्त हुनु हुँदैन भनी स्पष्ट पारेका छन् ।
ईश्वरको मुर्तीलाई कर्म काण्डसित जोड्ने हाम्रो परम्परा र त्यसबाट जन्मेको मानसिकता छ । ईश्वर श्रीकृष्ण भन्छन्, ब्रहमलाई मालीक मान, छोरा मान, साथी मान अथवा पे्रमी मान जीवको इच्छा । तर सर्त यो छ की उसलाई जुनसुकै परिस्थितिमा विशुद्ध हृदयले प्रेम गर । माथिका कुनै एक भावनामा बाध । उ त स्वयम् प्रकाश हो, स्वयम् ब्रहम हो । उसलाई के कुराको कमी छ र ? ब्रमाण्डको श्रष्टा नै हो । हामीले अर्पण गर्ने वस्तुका साथै स्वयम् हामी पनि उसैद्वारा सिर्जित हौ । उ न त खुसी हुन्छ । नत दुखी । उ सबै तिर छ तर अब्यतm छ । उ सबैको छ तर सबैबाट अप्रमाणित । उ केवल हाम्रो पे्रमको भोको छ । ऊ प्रेम चाहन्छ । जहाँ सम्म ………
सुख, दुख, प्राप्ती र मुक्तिका कुरा छन् यी सबैको कारक त व्यक्ति स्वयमको कर्मनै हो । श्रीकृष्ण विद्धान होइनन् – उ स्वयम् ज्ञान हो । शक्तिशाली होइन स्वयम् शक्ति हो, स्वयम् प्रेम हो । जो जन्मेको त थियो प्रेम बाँड्न तर दुर्भाग्य उ जन्मिने खबरले नै उसको हत्याको दुस्प्रयासको योजना र सिलसिला सुरु भयो । त्यो पनि आफ्नै मामाबाट । र उनको इह लीला पनि हत्याबाटै समाप्त भयो । कस्तो छ मान्छे ? काहाँ छ मान्छे ? किन यस्तो छ मान्छे ?
यो ज्ञान र विद्धता मैले कतिपय धर्महरु अध्ययन गर्दा कहि पाइन । स्वयम् ब्रहमलाई खुसी दिन सकेनौ, न त सुख दियौँ हामी मृत्युलोकवासीले । धिक्कार छ हामीलाई ।
उसले पुतना, तृर्णावर्त, यमालार्जुन, वकासुर र अघासुर, कालियानाग प्लम्वासुर जस्ता दैत्यको संघार गरेर कालीया नाग र पल्म्बासुर दैत्यको बाल्यकालमा नै उद्धार गरेर गोपहरुको रक्षा गरेका थिए । ब्रहमाले ग्वालहरु र उनका गाईहरुलाई अपहरण गरेर एक बर्षसम्म राखे । गोपीनी माताहरु दुखी नहुन् भनेर उतm अवधिभर उनीहरुकै छोरा र गाईको रुप धारण गरेर उनीहरुको घरमा भगवान एक वर्ष सम्म बसेका थिए । गोपहरुलाई दावानल र इन्द्रको प्रकोपबाट बचाउन गोबर्धन पर्वत समेत उठाएर रक्षा गरेका थिए । गोपहरुका छोरीहरुले कात्ययिनी भगवतीको ब्रत गरे । ब्रतको लागी सरोबरमा नुहाउन लागे । उनीहरु यसरी सार्वजनिक स्थलमा पूर्ण नग्न भएर स्नान गर्दै थिए । एकान्त र सार्वजनिक स्थानमा यसरी युवतीहरु बनमा नग्नावस्थामा हुँदा उनीहरुसित हुन सक्ने सम्भावित दुर्घटना बारे सचेतना दिन उनीहरुको चीरहरण गरेको कुरा श्रीमतभागवत महापुराणको दशम् स्कन्ध ं(पूर्वार्ध ) को बाइसौँ अध्यायमा उल्लेख छ । यस्तो कृष्णलाई कसरी स्त्री लम्पटको रुपमा प्रस्तुत गरिन्छ । जुन श्रीकृष्णलाई उनको मामा कंसले हत्या गर्न नन्द गाउँका कृष्ण जन्मअष्टमीको दिन जन्मेको चौधहजार शिशुको बध ग¥यो । त्यो शिशुलाई कंसबाट बचाउन नन्द यशोदाका साथै सारा गोप र गोपीनीहरु लगेका थिए । उनी जसको घरमा एक वर्षसम्म पुत्र ब्रत बसेका थिए, उनैका छोरीहरुलाई स्नानमा अश्लिल्ता हुन हुन्न भनेर बुझाएका थिए । ती बालक कृष्णलाई महा पुराणमा राश लिला गरे भनेर श्री बेद व्यासले भने र भगवान गणेशले लेखनमा उल्लेल गरेको छ ? मैले नबुझेको । उनी शारीरिक रुपमा वयस्क पनि नहुँदै मथुरामा गएर कसको बध गर्न वृन्दावन छोडेका थिए । भनिन्छ व्यक्तिले आफ्नो ज्ञान, बोध, सोच र मनोविज्ञान अनुसारनै कुनै कुरालाई बुझ्छ र त्यहि स्तरमा मान्यता दिन्छ । उसलाई बुझ्न प्रयास पनि आआफ्नै बोध अनुसार भएको हुन्छ । सबै जीवको श्रृंगार रस प्रतिको आशतिmको मनोविज्ञान भएको र सबै श्रोताहरु अनि राजा परिक्षीतलाई मनोरञ्जनको लागी महाराश नामक अध्यय लेखिएको हुनु पर्छ । अथवा वास्तविकता के थियो खोजीकै विषय हो ।
भौमासुरको राजाले विभिन्न राज्यबाट खोसेर सोह्र हजार एक सय राजकुमारीहरुलाई आफ्नो दरवारमा बन्धक बनाएका थियो । श्रीकृष्णले भौमासुरको बध गरेर ती कन्याहरुलाई मुक्त गरे । बर्षौ सम्म भौमासुरको बन्दी ती राजकुरमारीहरुलाई समाजले स्वीकार गर्ने, सम्मान गर्ने त कुरै थिएन । साथै भगवानको दरवारमा त्यतिकै बस्दा पनि उनीहरुको चरित्रमा प्रश्न चिन्ह उठ्ने थियो । किनभने सम्बन्धले नाम र सामाजिक मान्यता माग्छ । तसर्थ भगवानले उनीहरुको सम्मानका खातीर सबै सित बिवाह गरे ।
उनले मन पराएर भगाएकी उनकी प्रिय पत्नी रानी रुक्मिणी हुन् । वाँकीका सात वटी पटरानीहरु यु्द्धबाट र श्रीकृष्णबाट भयभित भएर आआफ्नो कन्याहरुले दिएको कुरो उल्लेख छ ।
उनको नाम अगाडी राधाको नाम लिने गरिन्छ । बृन्दावनका राधाकृष्णको प्रेमकथा यत्रतत्र सर्वत्र छन् । भारतमा राधा सम्प्रदायनै छ । कतिपय कृष्ण भतmहरुले श्रीकृष्णको सम्मान स्वरुप अभिवादन गर्दा राधे राधे भन्ने पनि प्रचलन छ । भनिन्छ, राधा कृष्ण भन्दा जेठी थिइन् । सुन्दर थिइनन्, उनकी माइजु हुन् भन्ने पनि भनाई छ । उनलाई ज्ञान आर्जनको लागी वसुदेबले गुरु शान्दिपनिको आश्रममा पठाएका थिए । गुरु शान्दीपनिले उनलाई बेद, धनुरबेद, मनुस्मृती, धर्मशास्त्र, मिमासा, तर्कशास्त्र (न्यायदर्शन)का साथै राजनीतिको शिक्षा दिएका थिए । श्रीकृष्ण र बलरामले चौसट्ठी दिनमा चौसट्ठी कला अध्ययन गरि महारथ हासिल गरेका थिए । ती चौसट्ठी कला मध्ये एक कला विचित्र सिद्धिकला पनि हो । (दासौँ स्कन्ध, पूर्वार्ध, पैतालिस अध्याय) त्यसको साथै उनले नेमीनाथ घोर अंगीरस, बेदव्यास र परसुरामबाट पनि शिक्षा लिएका थिए । यिनै घोर अंगीरसबाट प्राप्त ज्ञाननै अंगीरसको शिक्षा हो पनि भनिन्छ भने परसुरामले नै उनलाई सुदर्शन चक्र दिएका थिए ।
उनी कंस बध गर्न मथुरा जादाँ राधा साहै्र रोइन् । उनलाई आसुले नरोक्न भनेर श्रीकृष्णले आदेश दिएको पनि भनिन्छ । वर्षै पछि पनि श्रीकृष्णको प्रेम प्राप्त गर्न बृद्धा अवस्थामा द्धारिका समेत पुगिन् तर श्रीकृष्णले उनलाई वृन्दावन फर्काएका थिए पनि भनिन्छ । तर ती राधाको श्रीमदभागवत महापुराणमा कहीँ कतै उल्लेख छैन । यसबाट के अनुमान गर्न सकिन्छ भने महापुराणलाई रोचक अनि ईश्वर प्रतिको अनुरतिmको लागी विभिन्न लेखकहरुले कल्पना गरेकी पात्र हुनु पर्छ राधा । यो कुरोको राम्ररी अनुसन्धन गर्न आवश्यक छ । श्रीकृष्ण स्त्री लम्पट हुँदै होइनन् । स्त्रीहरुसित जोडेर दुस्प्रचार गर्नु भनेको आफ्नै मनको आशक्तिलाई उनि माथि थोपरेको मात्र हो । उनी सबैका रक्षक थिए प्राण थिए । जय श्रीकृष्ण ।।


error: यो सुविधा उपलब्ध छैन !