बाँकेमा कोरोनाबाट महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि नरैनापुर, बैजनाथमा एक÷एक जनाको मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !