पोजिटिभ रिपोर्ट आएपछि अधिकृत कै ‘मोबाइल अफ’

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि संक्रमितहरु ‘मोबाइल अफ’ गरेर बसेका छन् ।
साउन २२ गते वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट स्वाव लिएको र २५ गते पोजिटिभ रिपोर्ट आएका ६ जना सम्पर्कमा आएका छैनन् । त्यसअघिका आठ जना सम्पर्कमा आएका छैनन् । कोरोना पोजिटिभ देखिएका अधिकृतसमेत मोबाइल अफ गरेर बसेका छन् ।
विहानैदेखि स्वास्थ्यकर्मी र प्रहरी उनीहरुलाई खोज्न परिचालन भएका छन् । संक्रमितहरु आफै सम्पर्कमा नआएकाले प्रहरीको सहयोग मागिएको छ । स्वाव लिने बेलामा सम्बन्धित व्यक्तिबाहेक घरपरिवारका सदस्यको पनि मोबाइल नम्बर राख्नु जरुरी देखिएको छ । कतिपयले मोबाइल नम्बर नै खुलाएका छैनन् । यस्ताहरु सम्पर्कमा नआएको धेरै देखिएको छ ।
नेपालगञ्जमा दैनिक ठूलो संख्यामा संक्रमित बढ्दा उनीहरुलाई खोज्दै आइसोलेसन लैजानु पनि चुनौती बनिरहेको हो । पोजिटिभ रिपोर्ट आएपछि एकथरी आफै सार्वजनिक भइरहदा अर्कोथरी लुक्ने, भाग्ने काम गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !