३० प्रहरीसहित ४८ संक्रमित
नेपालगञ्ज – बाँकेमा ३० प्रहरीसहित ४८ जना कोरोना संक्रमित थपिएका छन् ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जका २९ र एकजना बागेश्वरी मन्दिरका प्रहरीमा कोरोना भएको छ । वडा प्रहरी कार्यालयबाट ४७ जना प्रहरीको स्वाव लिइएको थियो ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, , बाँकेमा आइतबार ४८ जना संक्रमित थपिएका हुन् । तीन जना दाङका थपिएका छन् ।
कोरोना संक्रमितको संख्या दैनिक बढिरहेपछि स्थानीय प्रशासनले गए रातीदेखि नै नेपालगञ्जको सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोकको पूर्वी क्षेत्रलाई सील गरेको छ । विभिन्न काँडेतारले बाटो छेकेर नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका छन् । गत शनिबारदेखि बाँके जिल्लामा निषेधाज्ञा जारी रहेको छ ।