कोरोना लागेपछि कोही लुके, कोही भागे

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना लागेका व्यक्ति कोही लुकेका छन् त कोही भागेका छन् । कोही भने रिचेक गर्ने अड्डी बसेर घरमा बसेका छन् ।
कोरोना देखिएपछि नेपालगञ्ज–१९ का एकजना लुकेका छन् । स्वाव लिने बेलामा मोबाइल नम्बर र टोलको नाम नलेखिंदा स्वास्थ्यकर्मीले दुःख पाएका छन् । हुन त उनको तीन पुस्ते लेखिएको छ । अहिले वडाध्यक्ष र सदस्यहरु उसलाई खोज्न लागि परेका छन् । फेला परेका छैनन् । उनीहरु भारतबाट आएका व्यक्ति हुन् ।
नेपालगञ्ज–१७ का दुई बच्चामा कोरोना देखिएको थियो । माइतीमा आएकी आमाले दुवै बच्चालाई लिएर भारत गएपछि उनीहरु पनि सम्पर्कमा छैनन् । स्वास्थ्यकर्मीहरु प्रहरीलाई साथ लिएर घरका मान्छेले उनी माइतीमा आएको र घर (भारत) फिर्ता भइसकेको जानकारी दिएका छन् ।
नेपालगञ्जका एकजना सञ्चारकर्मी भने रिचेक गर्ने अड्डी कसेर घरमा बसिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । दुई जनाको नाम मिलेर झुक्किएपनि चार दिनअघि कोरोना देखिएका व्यक्ति सञ्चारकर्मी नै भएको अधिकारीहरु बताउँछन् । उनको ठेगाना नेपालगञ्ज–२ लेखिएको थियो, त्यो गलत थियो । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यालय सहयोगीसँग उनको नाम मिलेर झुक्किएपनि कार्यालय सहयोगको रिपोर्ट नेगेटिभ आएकाले पोजिटिभ रिपोर्ट आएको व्यक्ति सञ्चारकर्मी भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । ती सञ्चारकर्मीलाई यस बारेमा बताइसकिएको छ । उनी रिचेक गर्ने अड्डी कसेर घरमा बसेका छन् ।
कुनै लक्षण नदेखिएका व्यक्तिलाई कोरोना देखिंदा यस्ता समस्या आइरहेको छ । ‘कुनै लक्षण देखिएको छैन । मलाई केही भएको छैन । १४ दिन किन आइसोलेसनमा बस्ने’जस्तार विचार राखेर संक्रमितहरु लुक्ने, भाग्ने गरेको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !