खोली नं. ५०२ !

‘के फरक पर्छ जहाँ काम गरे पनि’ यो कुरा जति भन्न सजिलो हुन्छ नि भोग्नेलाई मात्रै थाह हुन्छ पीडा कस्तो हुन्छ भनेर ।
‘तर अप्ठेरोमा त आप्mनै देश फर्किनु पर्दो रहेछ’ यी पनि त उग्र राष्ट्रवाद लवजका पक्तिं हुन् ।
एक दिन हाम्रा सम्माननीय प्रधानमन्त्री ज्युले राम जन्मेको अयोध्या नेपाल कै कुनै एक ठाउँमा छ भन्नु भयो, उहाँलाई त के फरक पर्छ र, वनारसमा बसेका नेपालीको केश मुण्डन गरेर माफी माग्न लगाइयो । ती नेपाली कामका लागी त्यहाँ बसेका हुन्, उनको बाध्यता छ परिवार पाल्नु । ती नेपाली थिए वा थिएनन् नेपाली हुन् वा होइनन् स्वतन्त्र पुष्टि हुन नसकेपनि यदि थिए भने उनको बाध्यता थियो होला । यो स्तरको राष्ट्रवादले हामीलाई कहाँ लैजाला ?’ वाह ! उग्र राष्ट्रवाद !
हो फरक पर्छ काम गर्ने ठाउँले, हो फरक पर्छ बाध्यताले देश छाड्नुले, हो फर्किनु पनि पर्छ अवस्था प्रतिकुल भए । तर राष्ट्रवादका नाममा लिडरसीप र सरकार प्रमुख वा राष्ट्र प्रमुखले नागरिकलाई दुःख दिलाउने काम घोर आपत्तिजनक हो ।
राम जन्म भूमिबारे, केही दिन अघि भारतको अयोध्यामा राम मन्दिर बनाउने कामको शुरुवात त्यहाँका प्रधानमन्त्रीले गरे, यता हाम्रा प्रधानमन्त्री ज्यु कहिले बन्छ ठोरीको जग्ांलमा भब्य राम मन्दिर ? सुनें कि प्रधानमन्त्री ज्युले निकै चासो लिंदै स्थानीय तहका जिममेवार ब्यक्ति सँग परामर्स गर्दै हुनुहुन्छ भन्ने । सँग सँगै सम्बन्धित क्षेत्रका विज्ञ र श्रोत साधन परिचाल समेत गर्नु पर्ला ।
प्रधानमन्त्री ज्युलाई पक्कै पहिलो हक छ देशको विषयमा बोल्ने । तर कतै कसैलाई हक छैन कि एक जना पनि नेपालीले अपमान सहनु परोस् भन्नेमा ।
दुई देशको सरकार स्तरमा हुने सम्बन्धले दुवै देशका नागरिकबीच सेतुको काम गर्नु पर्छ । यहाँ त नागरिक स्तरमा भइरहेको सम्बन्ध सरकारले विगार्दै छ । यस्तो पनि कतै हुन्छ त ? जो नेपाल र भारतबीच भइरहेको छ ।
अजम्बरी त कोही छैन, त्यसैले सक्नेले राम्रै काम गर्ने हो नसक्नेले कमसेकम नराम्रो काम त नगरौं । यो त्यस्तो देश हो जहाँ भूकम्प जाँदा भारतका प्रधानमन्त्रीले खबर गरेर सूचना पाए । सरकारका संयन्त्रहरु र दलका अगुवा भन्नेहरुले फुर्ति नलगाउँदा हुन्छ । भूकम्प जाँदा त्रिपाल र जस्ता पाता अनि स्लिपीगं ब्याग लुकाएको देख्ने आँखा लाखौं छन् । अहिलेको महामारीमा क्वारेन्टिन र आइसोलेसनको नाममा भएका मनोमनी आँखा अगाडि नै छन् ।
भारतमा रोजगारीमा गएका नेपालीको आधिकारिक तथ्यांक समेत नेपाल सरकारसँग छैन, परिवार चलाउन मजदुरीमा भारतमा मात्रै रहेका नेपाली देश फर्केर काम पाउने हो भने देश बन्न समय लाग्दैन । त्यसो हुने गुन्जायस देखिंदैन । त्यसरी मजदुरी गर्नेहरुको अवस्थाबारे राज्य कहिल्यै गम्भीर बन्नै सकेको छैन ।
सोलुखुम्बुबाट काठमाडौं हुँदै पैदल बर्दिया घर पुगेका ती मजदुरलाई पो पीडा थाह होला दुःख के हो वा लकडाउन के हो भनेर, अनि भारतका विभिन्न शहरमा काम गर्ने गरिव मजदूरलाई पो पीडा होला उग्र राष्ट्रवादले के गर्छ भन्ने ।
सामाजिक सञ्जालमा भजनमण्डलीहरुले गाएको वाह ! वाह ! ले देशका नागरिकको प्रतिनिधित्व गदैनन् भन्ने बुझौं ।
हो, प्रधानमन्त्री ज्युको दललाई नागरिकले ५ वर्षलाई चुनेका हुन्, तर त्यसो भन्दैमा नागरिक अधिकारलाई कमजोर ठान्नु न्यायोचित कदापी होइन ।
थाह छ राज्य, दिल्लीको सुनसान सडकमा काखमा एउटा दुधे बच्चा च्याप्दै एक नेपाली महिला खोली नं. ५०२ बाट मेहरौली टर्मिनलको बाटो हुँदै बेरोजगार भएर घर फर्कन लाग्दा यहाँको उग्र राष्ट्रवादले उनलाई दिल्लीमा नेपाली भन्न मुस्किल पार्छ । र, उ आप्mनो ज्यान जोगाउन घर दार्जिलिङ वा गढवाल भन्न बाध्य हुन्छिन् । उनी जसो तसो (नेपाल) घर फर्किइन् । घर त्यतिबेला घर हुन्छ जब बाँच्नलाई न्युनतम आवश्यकता पुरा हुन्छन् । भित्ता र छानो मात्रै घर कसरी होला, जहाँ ज्यान भोको पेट कौशीमा बस्न बाध्य हुन्छन् ।
कामै नगर्ने र ढुकेर कलो खाने वर्गको राष्ट्रवादले कहाँ लैजाला देशलाई ? उसै पनि कति नेपालीको जिन्दगी राष्ट्रवादले बचाएको पो छ र ? राष्ट्रवाद त मुटुमा, मनमा अनि देशवासीको श्वास श्वासमा पो हुन्छ । त्यसका लागी प्रधानमन्त्री वा नेताहरुले ठूलो स्वरले कराउनु आवश्यक नै छैन ।
लुम्विनीमा अशोक स्तम्भ नभेटिंदो हो त आज बुद्धको अंशियार कोही अरु नै हुने थिए । त्यसैले भाषणबाजी र उत्तेजना फैलाउन काम राज्य स्तरबाट हुनुहँदैन । ठोरीको जंगलमा राम जन्म भूमि भएको प्रमाणित गर्ने प्रमाण खोजौं । लह लहैमा नागरिकलाई उग्र राष्ट्रवादको शिकार नबनाऔं ।
हालै मात्र जारी नयाँ नक्सा हेर्दा केही बेर त खुसी लाग्यो । तर फेरी केही समय वित्दै जाँदा त्यसको प्रभाव र असरका बारेमा घोत्लिन बाध्य बनायो । नेपाल भारत सीमामा मात्रै हेर्ने हो भने थाहा हुन्छ पीडा र दुःख । म बाँकेको नेपालगञ्जको वासिन्दा हुँ, काठमाडौंमा बसन्तपुर वा माइतीघरमा देखाउने उग्र राष्ट्रवादले के असर गर्छ भन्ने कुरा बसन्तपुर र माइतीघरमा भेला हुनेहरुले कहिल्यै बुझनै सक्दैनन् । अम्मर सिंह थापा वा भलभद्र कुँवर कोही छैनन, अहिले । केही बेर इण्टरनेट सर्भरले काम नगर्दा प्रधानमन्त्री ज्युलाई नै भोट हाल्ने झापाका वासिन्दा मतदाता विरोधमा उत्रिन्छन्, यो हो अहिलेको समाजको चरित्र ।
अर्को कुरा म अरु दलका नेता तथा कार्यकर्ताहरुलाई अनाबश्यकमा प्रधानमन्त्रीलाई तथानाम गाली गर्न बन्द गर्न भन्छु । हामीले ५ वर्षलाई सत्ताको साँचो सुम्पिएका छौं । बरु नेकपाका कार्यकर्ता वा नेताहरुले उहाँलाई भन्ने हक राख्छन् । वा संसदीय अभ्यासमा उहाँलाई हटाउने सम्मको अधिकार राख्छन् । तर त्यो पनि पछिल्ला केही महिना यताका उथलपुथलले असान्दर्भिक र असफल सावित भइसकेको कुरा हो ।
हामी आप्mना विरोधका स्वर लिएर अहिले सडकमा जान सक्दैनौं किनकी कोभिडको महामारीमा हुल बाँधेर जानु खतरापूर्ण छ ।
लकडाउन, लगातारको निषेधाज्ञा र पछिल्लो अवस्थामा पूर्वदेखि पश्चिम सम्मको यात्रामा जे देखियो त्यसले राज्य र नागरिकबीचको दुरी बढाउँदै लगेको आभाष हुन्छ ।
अन्तमा, घरमा बसेका घरमै बसौ तर परदेश अनि बाध्यताले यात्रामा रहेकाहरुलाई सुरक्षित गन्बब्य पठाउन राज्यले उचित ब्यवस्थापन गरोस् ।


error: यो सुविधा उपलब्ध छैन !