घरमै बसाउन रोडमा सेना

नेपालगञ्ज – स्थानीय प्रशासनले सील गरेको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको छ ।
समुदायमा कोरोना फैलिएपछि स्थानीय प्रशासनले सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोक खण्डको पूर्वी क्षेत्र बाँकेगाउँ हुँदै नहरपुरुवादेखि बसपार्क एरियालाई रातीदेखि सील गरेको छ । २७ गतेरातीसम्म यी एरिया सील हुनेछ ।
निषेधाज्ञा सँगसँगै सील गरिएको यी क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी खटिएका छन् । स्थानीयवासीलाई घरभित्रै बसाउन सेना सडकमा खटिएको छ । घरबाहिर निस्केकाहरु सेनासहितको सुरक्षाकर्मी देखेपछि भित्र पसेका छन् । विहान त्रिभुवनचोक आसपासमा केहीबेर बाहिर निस्केकाहरु भागाभाग गरेका थिए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सील गरिएको ठाउँमा विपत्ति आइ लागेमा फोन गर्न भन्दै आफ्नोसहित सुरक्षा निकायका प्रमुखहरुको नम्बर सार्वजनिक गर्नु भएको छ । दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेपछि स्थानीय प्रशासनले प्रमुख बजार र घनाबस्तीलाई निषेधाज्ञासँगै सील गरेको छ । निषेधाज्ञा भने जिल्लाभरी नै जारी रहेको छ । निषेधाज्ञा र त्रिभुवनचोक एरिया सील २७ गते रातीसम्म जारी रहन्छ ।


error: यो सुविधा उपलब्ध छैन !