राजश्वका कर्मचारीसहित थप तीन जनामा कोरोना

नेपालगञ्ज – आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका अर्का कर्मचारीमा पनि कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले अपरान्ह ४.३० बजे सार्वजनिक गरेको विवरण अनुसार, कार्यालयमा कार्यरत दाङका ३३ वर्षीय पुरुषका कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार, बाँकेको राप्तीसोनारीका २३ वर्ष र दैलेखका २७ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बिहीबार विहानदेखि एक सय २० नमूना प्रोसेस गरिएकोमा थप तीन जनामा कोरोना देखिएको अस्पतालले जानकारी दिएको छ ।
आन्तरिक राजश्व कार्यालयका कर्मचारी, उनका परिवारबाट लिइएको स्वावको नतिजा आइरहेको छ । बिहीबार नै चार कर्मचारी, उनको परिवारसहित एघार जना र नेपालगञ्जका १६ जनामा कोरोना पुष्टि भएको थियो । यसरी समुदायमा कोरोना फैलिन थालेपछि स्थानीय प्रशासनले १८ गते आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !