कोरोनाले अदालतको फैसला रोक्यो
नेपालगञ्ज – बाँके जिल्ला अदालतका कर्मचारीलाई कोरोना भएको छ । अदालतका कर्मचारीका एकजना नातेदारलाई पनि कोरोना पुष्टि भएको छ ।
अदालतका कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला तथा उच्च बार अदालतको आकस्मिक बैठकले शुक्रबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
उच्च बारका जिल्ला अध्यक्ष विकास आचार्यका अनुसार, शुक्रबारदेखि अन्तिम म्याद भएका थुनछेक, म्याद थप, कलडिटेल, अति जरुरी पक्राउ पूर्जीबाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । १८, १९ र २० गते निषेधाज्ञा जारी गरिएकाले सो समयमा अदालत बन्द रहनेछ ।