राजश्व कार्यालय आइसोलेसन सेन्टरमा परिणत
नेपालगञ्ज – नेपालगञ्जको आन्तरिक राजश्व कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।
कोरोना देखिएका निजामति कर्मचारीलाई त्यही राख्ने रणनीति बनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अहिले त्यहाँ १२ जनालाई राखिएको छ ।
आन्तरिक राजश्व कार्यालयकै धेरै कर्मचारीमा कोरोना देखिएको छ । उनीहरुलाई त्यही नै राखिएको छ । कार्यालय बन्द रहेकाले त्यही नै आइसोलेसन सेन्टर बनाइएको छ । आन्तरिक राजश्व कार्यालयलाई निजामति कर्मचारी आइसोलेसन सेन्टरको रुपमा परिणत गरिएको छ ।
राजश्वका सात जना कर्मचारी र ५ जना नातेदार, जिल्ला अदालत र यातायातका एकजना कर्मचारीमा कोरोना देखिएको छ ।
एकै दिन ३० जनामा कोरोना देखिएपछि बन्द गरिसकिएको लायन्स डेन्टल अस्पताललाई सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जको आदर्शनगर र खजुराको क्यान्सर अस्पताल सञ्चालनमै रहेको छ ।
नेपालगञ्जका तीन र खजुरा गरी ५४ जना संक्रमितलाई राखिएको छ । बाँकेमा अहिले एक सय १६ जना क्वारेन्टाइनमा छन् । संक्रमितको संख्या ४ सय ३७ पुगेको छ ।