समातिए बैंकका शाखा प्रवन्धक, बैंकमा पहिरो जादै
नेपालगञ्ज – बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा बैंकका शाखा प्रवन्धक शाही पक्राउ परेका हुन् । जसगढ यसअघि नै पक्राउ परिसकेका छन् ।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जादा बैंकका प्रवन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ । बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आकलन छ । ‘बैंकमा पहिरो नै जान सक्छ, प्रहरी अधिकृतहरु भन्छन् ।
२५ लाख भन्दा बढीको ऋण स्वीकति गर्दा केन्द्रको अनुमति चाहिने बुझिएको छ । यस्तोमा नक्कली कागजपत्र राखेर, सरकारी छाप किर्तेलाई स्वीकृति गरेर १ करोड २५ लाख रुपैया कसरी प्रवाह भयो अनुसन्धान भइरहेको छ ।