१८ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा आज १८ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, आदर्शनगरमा रहेको आइसोलेसन केन्द्रबाट १२, खजुरा तालिम केन्द्रबाट चार र क्यान्सर अस्पतालबाट दुई जना डिस्चार्ज भएका छन् ।
बाँकेमा अहिलेसम्म ३ सय ११ जना निको भएर घर गएका छन् । जिल्लामा ३ सय ५० जना संक्रमित भएका छन् । अहिलेसम्म ६ हजार ७ सय ५१ जनाको पीसीआर र ८ हजार ४ सय ४२ जना आरडीटी जाँच भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !