यी हुन् खजुराको ‘गौरव’
नेपालगञ्ज – असार एक गते प्रदेश सरकारले घोषणा ग¥यो, खजुरामा प्रादेशिक विश्वविद्यालय बनाउने । बजेट बक्तब्यमार्फत घोषणा भएको विश्वविद्यालयका लागि सात करोड छुट्याएको छ ।
विश्वविद्यालय बाँकेवासीको सपना थियो । त्यसका लागि दशक लामो आन्दोलन गरिएको थियो । भन्सार, यातायात, राजश्व ठप्प पार्ने कामसमेत भएको थियो । बाँकेवासीको निरन्तरको प्रयास पछि खजुरामा प्रादेशिक विश्वविद्यालय बन्ने भएको छ । नाम के हुन्छ, पछिको कुरा हो ।
खजुराले सय विगाह जमिन जुटाउन सक्नु नै ठूलो उपलब्धी थियो । यसमा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिलगायतको टीमले मेहनत ग¥यो, फल पनि पाएको छ । अब यसलाई छिटो भन्दा छिटो कार्यान्वयनको तहमा लैजानु पर्छ । त्यसका लागि सबैको साथ सहयोग अपरिहार्य देखिन्छ ।
शीत भण्डार खजुराको अर्को गौरवको योजना हो । करिव आठ करोडको लागतमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार बन्दैछ । शीत भण्डार प्रदेश सरकारसँग मिलेर बनाइदैछ । प्रदेश सरकारले खजुरामा तीन ठूला सडक बनाइरहेको छ । बीगाउँ बाइपास, सीगाउँ पेडारी हुँदै बैजनाथ, चमकदारदेखि गौघाटका सडकमा प्रदेश सरकारले लगानी गरिरहेको छ । वडादेखि वडा जोड्ने यी सडक पनि खजुराको गौरवका आयोजना हुन् ।
खजुरामा केन्द्रले औद्योगिक ग्राम र खेलकुद ग्राममा सहयोग पु¥याएको छ । देशभरका ३२ वटा तहमा औद्योगिक ग्रामको काम थालनी गर्दा खजुरा परेको हो । औद्योगिक ग्रामका लागि ९२ लाख रुपैया पठाइसकिएको छ । २१ विगाहमा औद्योगिक ग्राम बन्दैछ । खजुरा क्षेत्रका उद्योगहरुलाई त्यही सारिने छ । खेलकुद ग्राम निर्माणका लागि ५७ करोड ८७ लाख रुपैया लाग्ने बताइएको छ । चालु आर्थिक वर्षमा ५० लाख छुट्याइएको छ । खजुराको गौरवको आयोजनामा बहुउद्देश्यीय सभागृह पनि परेको छ । वडा नं. ३ मा पाँच सय जना अटाउने सभागृह बनाइदैछ । ग्रिन सिटी पनि खजुराको गौरवको आयोजना पारिएको छ । तर, कोरोनाले यो काममा प्रभाव पारेको छ ।
खजुराका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले खजुरामा केन्द्र र प्रदेशबाट आधा दर्जनबढी गौरवका आयोजना परेको बताउनुभयो । ‘यी योजनाले खजुराको विकासमा ठूलो टेवा पु¥याउँछन्, प्रमुख प्रशासकीय अधिकृत केसीले भन्नुभयो ।
बाँकेका अन्य पालिकाले भन्दा खजुराले केन्द्र र प्रदेश सरकारबाट ठूल्ठूला योजना ल्याउन सफल भएको छ । माथिबाट ल्याउने बजेटमा पनि खजुरा अगाडि नै देखिन्छ ।
खजुराले १५ वर्षे गुरु योजना बनाएको छ । ५, १० र १५ वर्षे योजना छन् । भिलेज प्रोफाइल बनाएर त्यसभित्र विभिन्न योजनाहरु समेटिदैछ । केन्द्र सरकारले २५ र प्रदेश सरकारले २० वर्षे गुरुयोजना बनाएका छन् । खजुराले चालु आर्थिक वर्षमा १८ किलोमिटर सडक पिच गरेको छ । ५ देखि ८ नम्बर वडामा सडक बनाएको हो । गतवर्ष १ देखि ४ नम्बर वडालाई समेटिएको थियो । खजुरामा रामपुरबाट सम्बन्धन प्राप्त गरेर कृषि क्याम्पस सञ्चालनमा ल्याइएको छ । प्राविधिक शिक्षालयका लागि भानु माविमा तयारी भइरहेको छ । खजुरा त्यही पालिकाको हो, जसले देश विदेशमा रहेका खजुरेली जनतालाई समेटेर बृहत खजुरा सम्मेलन गरेको थियो ।
केन्द्र, प्रदेश र पालिकाले नै अगाडि बढाएका गौरवका आयोजनाहरु पूर्ण हुँदा खजुरा एउटा समृद्ध शहरका रुपमा विकास हुनेमा दुईमत छैन ।