बाँकेमा नौ जना थपिए

नेपालगञ्ज – बाँकेमा नौ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको बैजनाथमा ७ र कोहलपुरमा दुई जनामा कोरोना पुष्टि भएको हो । बैजनाथ गाउँपालिकाको वडा नं. ६ का ६ जना र वडा नं. २ का एकजनामा कोरोना देखिएको छ । त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. २ का दुई जनामा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाको ठाकुरबाबा वडा नं. २ का एकजनामा कोरोना देखिएको छ । बाँकेमा तीन दिनपछि कोरोना पुष्टि भएको छ । नौ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !