मेरो टुकीले पढाई नभएको बेलाको शुल्क नलिने

नेपालगञ्ज – नेपालगञ्जको मेरो टुकी प्रज्ञालयले पढाई नभएको अवधिको शुल्क नलिने भएको छ ।
बाँकेका सबै निजी विद्यालयले चैत्रको शुल्क लिइसकेर बैशाख र जेठको समेत शुल्क लिने प्रयास गरिरहेको बेलामा मेरो टुकी प्रज्ञालयले यी तीन महिनामात्रै होइन, पढाई नहुँदासम्म शुल्क नलिने बताएको छ । जबकी मेरो टुकी प्रज्ञालयले चैत्रको सात गतेसम्म विद्यार्थीलाई पढाएको थियो । मेरो टुकीले चैत्रको समेत शुल्क लिएको छैन ।
‘जहिलेदेखि स्कूल खुल्छ, त्यही बेलादेखि शुल्क लिन्छौं, प्रज्ञालयका कार्यकारी प्रमुख कल्पना शर्माले भन्नुभयो, अभिभावकहरु भ्रममा नपर्नुस् । हामीले शुल्क मागेका छैनौ । माग्दैनौ ।’
मेरो टुकीमा प्ले गु्रप, नर्सरी, एलकेजी र युकेजीको पढाई हुन्छ । पढाईमा मेरो टुकीको छुट्टै विशेषता रहेको छ । केही दिन पढाई भएको चैत्र महिनासँगै पढाई नभएको बैशाख, जेठको शुल्क लिन्न भनेर मेरो टुकीले अभिभावकको मन जितेको छ । पढाई नहुँदाको अवधिको शुल्क दिनु हुँदैन भन्नेमा अभिभावकहरु जागरुक भइरहेका छन् । यद्यपि, यहाँका निजी विद्यालयहरु जसरी पनि शुल्क असुल्ने ध्याउन्नमा लागेका छन् ।
निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनहरु शुल्क उठाउने कसरतमा छन् । सरकारले शुल्क नलिन सचेत गराएको छ । सरकारले शुल्क नलिन भनिरहदा राहतको प्याकेज भने दिन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !