रुखमा ठोक्कियो कार, चालकको मृत्यु

नेपालगञ्ज – पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–१ मा भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किदा चालक कमलराज लम्सालको मृत्यु भएको हो । गम्भीर घाइते भएका चालक लम्सालको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।
दुर्घटनामा नबलपरासीका क्षितिजराज कुँवर घाइते भएका छन् । कार सवा एक बजे दुर्घटनामा परेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !