बिदामा बसेका गोर्खाली क्याम्प फिर्ता

नेपालगञ्ज – लद्दाकमा भएको ‘झडप’ पछि भारतले बिदामा बसेका गोर्खाली सेनालाई फिर्ता बोलाएको छ ।
चिनिया सेनासँगको झडप पछि भारतले बिदामा बसेका गोर्खा बटालियनका सेनालाई धमाधम हाजिर गराएको हो । इन्डियन आर्मी भएका नेपालीहरु यतिबेला धमाधम फर्किरहेका छन् ।
नेपालगञ्ज नाकाबाट शुक्रबार एकैलटमा आठ जना गएका छन् । दैलेखका तीन, सुर्खेत र दाङका दुई÷दुई र कञ्चनपुरका एकजना डिउटीमा फर्किएका छन् । यीमध्येमा केहीको बिदा सकिएको थियो भने केहीको बिदा बाँकी नै थियो । आज भारत गएकाहरु जम्मु काश्मिरमा खटिएका छन् ।
‘घरमा आएको धेरै भएको थियो । लकडाउनको बेलामा जानु पर्दैन होला भन्ने लागेको थियो । नाकामा तनाव भएकाले होला, बोलावट आयो, दैलेखका इन्डियन आर्मीले भने, बोलावट आएपछि हामी त जानै प¥यो नि ।’
गत सोमबार लद्दाकको पूर्वी एरिया गलवानमा चिनिया सेनाको आक्रमणमा परेर २० जना भारतीय सेनाको मृत्यु भएपछि त्यस क्षेत्रमा तनाव सिर्जना भइरहेको छ । चिनिया नाकाका अलावा पाकिस्तानसँगको सीमामा पनि तनाव रहदै आएको छ ।
नेपालगञ्ज नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले शुक्रबारदेखि भारत फिर्ता हुनेहरुको रेकर्ड राख्न शुरु गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !