बाँकेमा १४ जना थपिए
नेपालगञ्ज – बाँकेमा १४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका जति सबै राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले साँझ ६ बजे सार्वजनिक गरेको विवरण अनुसार, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा सात-सात जना छन् । राप्तीसोनारीको वडा नं. ३ मा दुई जना र वडा नं. ८ मा पाँच जना थपिएका छन् । बैजनाथको वडा नं. २, ३ र ५ मा दुई-दुई जना र वडा नं. ६ मा एकजना थपिएका छन् ।
भेरीमा जाँच गरिएका बर्दियाका सात जनामा कोरोना देखिएको छ । उनीहरु गुलरियाका चार, बढैयातालका दुई र गेरुवाका एकजना रहेका छन् ।