नेपालगञ्जका दुई जना संक्रमितको सम्पर्कमा १७ जना

 

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १२ का कोरोना संक्रमित युवकको ‘नजिकको सम्पर्क’मा दश जना आएको पाइएको छ ।
जानकीको जोगागाउँ आइसोलेसन सेन्टरमा बसिरहेका युवकको सम्पर्कमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बाहिर नजान र कसैसँग घुलमिल नगर्न भनिएको छ । उनीहरुको स्वाव लिने तयारी गरिएको छ ।
ती युवक भारतमा श्रीमतीलाई पु¥याएर आएका थिए । शुरुमा महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइएका उनी जानकी गाउँपालिकाको मान्छे भन्दै उता गएका थिए ।
त्यस्तै, नेपालगञ्ज–१ की कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा छोरासहित सात जना रहेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्यकर्मीले ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा सात जनाको नजिक पुगेको पाइएको हो । महिलाको घरमा उनी र छोरामात्रै थिए । बाहिरका ६ जनाको नजिक सम्पर्कमा पुगेको पाइएकाले सबैलाई सुरक्षित रहन सचेत गराइएको छ । उनीहरुको पनि स्वाव लिने तयारी थालिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !