कोरोना निको भएर १३ जना घर गए
नेपालगञ्ज – कोरोना जितेका बाँकेका १३ जना शुक्रबार घर गएका छन् ।
नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा रहेका नरैनापुरका १२ जना र खजुरास्थित क्यान्सर अस्पतालमा रहेका नेपालगञ्जका एकजना कोरोना जितेर घर फर्किएका हुन् । डेन्टलबाट नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, लायन्सका सेम शाक्यलगायतले नरैनापुरका १२ जनालाई बिदाइ गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
बाँकेमा कोरोना जितेर घर फर्किने बढ्दै गएका छन् । अहिलेसम्म ४२ जनाले कोरोना जितिसकेका छन् । पहिलो चरणमा कोरोना देखिएकाहरु घर फर्किरहेका छन् ।