कोरोना जितेका नरैनापुरका १२ जना घर जादै

नेपालगञ्ज – नरैनापुरका १२ जनाले कोरोनालाई जितेका छन् ।
नेपालगञ्जको लायन्स डेन्टल अस्पतालको आइसोलेसन सेन्टरमा रहेका उनीहरुलाई घर पठाउने तयारी भएको छ । डेन्टलमा नरैनापुरका २३ जनालाई राखिएको छ । दोस्रो पटक पीसीआर जाँच गर्दा नेगेटिभ आएका व्यक्तिलाई घर पठाउन थालिएको हो । २३ मध्येमा केहीको पोजिटिभ रिजल्ट आएको छ । यद्यपि, भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले १४ दिन आइसोलेसनमा बसेकाहरुमा कुनै लक्षण नदेखिए घर पठाउने गरी नयाँ गाइडलाइन आएको जानकारी दिनु भएको छ ।
नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याउने बेलामा ठूलो तनाव भएको थियो । नेपालगञ्ज आउदा धेरै दुःखमनाउ गरेका उनीहरु आज खुशीका साथ घरतर्फ जादैछन् । नरैनापुरका संक्रमितहरु कोहलपुरको पिपरीमा पनि छन् । त्यहाँबाट पनि स्याम्पल संकलन भइसकेको छ । स्याम्पल संकलन भइसकेकालाई रिजल्टसम्म कुर्ने र घर पठाउने तयारी भएको छ । नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा बसेका व्यक्तिमा कुनै लक्षण नदेखिए रिचेक नगरी घर पठाउन निर्देशन गरेको मेसु डा. थापाको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !