बजार खुल्ने निर्णय रद्द

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले बार अनुसार पसल खुल्ने निर्णय रद्द गरेको छ ।
दुई दिनअघि आफैले गरेको निर्णय खारेज गर्दै प्रशासनले पूर्ववर्त ११ देखि तीन बजेसम्म अत्यावश्यक पसलमात्रै खुल्ने जानकारी दिएको छ । २२ र २३ गतेको पसल खुल्लालाई हेर्दा संक्रमणको जोखिम बढ्ने अवस्था देखिएकाले वार अनुसार पसल खुल्ने निर्णय रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !