नेकपाद्वारा खजुरालाई स्वास्थ्य सामाग्री सहयोग

 

नेपालगञ्ज – नेकपा खजुरा गाउँपालिका कमिटिले खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेकपा गाउँ कमिटिले पचास हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । नेकपा गाउँपालिका कमिटिका अध्यक्ष राजकुमार विकको अध्यक्षतामा प्रदेश कमिटि सदस्य बेदनिधि प्याकुरेल र डम्बर विक, युवा नेता भीम वली, धनिराम वलीलगायतको उपस्थितिमा स्प्रे ट्यांकी १० थान (एक थान त्रिमूर्ति एग्रोभेटको सहयोग), सर्जिकल माक्स पाँच सय वटा, सोडियम हाइपो क्लोराइट ७५ लिटर र ह्याण्ड सेनिटाइजर एक सय ५० थान गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलाई हस्तान्तरण गरिएको छ ।


नेकपा खजुरा गाउँ कमिटिका अध्यक्ष विकले विश्वमै महामारीको रुपमा देखिएको कोरोना भाइरसविरुद्धको लडाईमा खजुरामा पार्टी र गाउँपालिका मिलेर अघि बढिरहेको बताउनुभयो ।
सामान बुझ्नै गाउँपालिकाका अध्यक्ष कक्षपतिले कोरोनाविरुद्धको लडाईमा शुरुवातदेखि नै पार्टी र गाउँपालिका मिलेर अघि बढेको बताउनुभयो । कोरोनाविरुद्धको लडाईमा सरकारले एकद्वार प्रणालीबाट काम गर्ने नीति अघि सारेको छ ।


error: यो सुविधा उपलब्ध छैन !