डुडुवामा थपिए १० जना

नेपालगञ्ज – बाँकेमा शुक्रबार दश जना कोरोना संक्रमित थपिएका छन् । थपिएका सबै डुडुवा गाउँपालिकाका हुन् ।
भेरी अस्पताल, नेपालगञ्जमा परीक्षण गरिएका उनीहरु १७ देखि ४१ वर्षका छन् । यी सहित बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ८१ पुगेको छ । त्यसमध्येमा २७ जनाले कोरोना जितेर घर फर्किएका छन् । एकजनाको मृत्यु भएको छ ।
शुक्रबार नेपालमा एक सय ७० जना थपिएसँगै संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ । २ सय ६ जना निको भएर घर फर्किएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !