एक जना पोजिटिभ, ४ सय ३१ पेन्डिङ

 

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा जाँच गरिएको स्याम्पलमा चार जना पोजिटिभ देखिएका छन् । तीमध्येमा एकजना नेपालगञ्जका छन् भने तीन जना बर्दियाका हुन् ।
नेपालगञ्ज–१० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेपालगञ्जमा कोरोना संक्रमित २७ जना भएका छन् । त्यसमध्येमा २४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
भेरी अस्पतालमा जाँच गरिएकोमा बर्दियाका २९ देखि ३४ वर्षका तीन जनामा कोरोना देखिएको छ ।
बिहीबारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । त्यसमा ९ सय ४० पुरुष र एक सय २ जना महिला छन् । बिहीबारमात्रै एक सय ५६ जना थप भएका थिए ।
भेरी अस्पतालमा जाँचको चाप बढेको छ । अहिले नै त्यहाँ ४ सय ३१ वटा स्वाव पेन्डिङमा छ । स्वाव लिने काम पनि जारी नै रहेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गर्दा उनीहरुको स्वाव लिने र जाँच काम अझ बढाउनु पर्ने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !