बबिनसहित चार जनालाई माफी

नेपालगञ्ज – गणतन्त्र दिवसको अवसरमा बाँकेको नेपालगञ्ज कारागारमा रहेका चार जनाले आममाफी पाएका छन् ।
जेलर देवेन्द्र श्रेष्ठका अनुसार, ज्यान मार्ने उद्योगमा चार वर्षको सजाय तोकिएका नेपालगञ्जका विक्रम गुरुङ (बबिन), कर्तब्य ज्यानमा दश वर्षको सजाय तोकिएका बैतडीका कालु सिंह, गौवधमा दुई÷दुई वर्ष सजाय तोकिएका बाँके गौघाटका वकिल बेहना र छोड्कन बेहनाले आममाफी पाएका छन् । सरकारले ५० प्रतिशत सजाय भुक्तान गरिसकेका बन्दीलाई विशेष अवसरमा आममाफी दिने गर्दछ ।
नेपालगञ्ज कारागार प्रशासनले सबै प्रक्रिया पूरा गरेका आठ जनाको नाम सिफारिस गरेको थियो । चार जनाको नाम अनुमोदन हुन सकेन ।
नेपालगञ्ज कारागारमा आठ सय चार जना थिए । चार जनाले आममाफी पाएकाले अब आठ सय जना रहेका छन् । त्यसमध्येमा दुई नाबालक छन् ।


error: यो सुविधा उपलब्ध छैन !