बाँकेमा १६ जना थपिए

नेपालगञ्ज – बाँकेमा १६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन एक सय १४ जना संक्रमित सार्वजनिक गर्दा बाँकेका १६ जना परेका हुन् । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ७, बैजनाथ गाउँपालिकामा ६, डुडुवा गाउँपालिकामा दुई र खजुरा गाउँपालिकामा एकजना थपिएका छन् ।
कोरोना परीक्षणको दायरा बढाउदा संक्रमित पनि बढेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ सय ७० पुगेको छ । त्यसमा २२ जना निको भएर घर गएका छन् । अहिलेसम्म पालिकावाइज हेर्दा नेपालगञ्जमा २६ जना, नरैनापुरमा एक सय १२ जना, एकजना गुल्मीका प्रहरी (नरैनापुरमा कार्यरत), डुडुवा गाउँपालिका आठ, राप्तीसोनारी गाउँपालिका १३, खजुरा गाउँपालिकामा तीन र बैजनाथ गाउँपालिकामा सात जना पुगेका छन् ।
नेपालमा कोरोना संक्रमित ८ सय ८६ पुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !