बाँकेमा निषेधाज्ञा

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले जिल्लाभरी नै निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञा बुधबार राती दश बजेदेखि अर्को सूचना जारी नहुँदासम्म कायम रहने छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले हस्ताक्षर गरेको सूचनामा कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन÷गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा÷स्थलहरु बुधबार राती १० बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभरी नगर्न नगराउन हुन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।
अत्यावश्यक सेवामा भोजनालय, औषधी पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप परेका छन् ।
विज्ञप्तीमा भनिएको छ, उक्त आदेशको उल्लंघन गर्र्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ । साथै यसको संक्रमणबाट जोगिन सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायत कार्यक्रम र भीडभाड नगर्न नगराउन अनुरोध गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !