८ सय १९ भित्रिए, चौध सय ८३ बाहिरिए

नेपालगञ्ज – बाँकेमा ८ सय १९ जना भित्रिएका छन् । त्यसमा जमुनाहा नाकाबाट भित्रिएका ६ सय ८८ छन् । बाँकी ८९ जना भगवानपुर (नरैनापुर) र ४२ जना खडैचा (डुडुवा) नाकाबाट भित्रिएका हुन् ।
जिल्लाको पूर्वी नाकाबाट भित्रिएका ८ आठ जनामा कोरोना पुष्टि भइसकेको छ । नरैनापुर नाकाबाट अझै भित्रिने क्रम बढी नै रहेको छ । नरैनापुर नाकाबाट भित्रिने नेपालीको संख्या ५ सय ३० पुगेको छ । खडैचा नाकाबाट भित्रिने पनि एक सय ८ जना पुगेका छन् ।
स्थानीय प्रशासनले भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउने नीति अघि सारेपछि जमुनाहा नाकाबाट ६ सय ८८ जना भित्रिएका छन् । त्यसमध्ये बाँकेका स्थानीयलाई महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ । कर्णाली प्रदेशलगायत अन्यत्रका बासिन्दालाई आरडीटी टेष्ट गर्दै सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । नेपालीहरु आउने क्रम चलिरहेको छ ।
बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका एक सय ६९ सहित एक हजार चार सय ८३ जना भारतीयलाई पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !