नरैनापुरमा देखिए आठ जना संक्रमित

नेपालगञ्ज –बाँकेमा आठ जना कोरोना संक्रमित थपिएका छन् ।
यसपाली थपिएका सबै नरैनापुर गाउँपालिकाका हुन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । हाल नरैनापुरमा ४ सय ४१ जना क्वारेन्टाइनमा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकैपटक आठ जनामा कोरोना पुष्टि भएकाले गम्भीर सजकता आवश्यक देखिएको छ ।
यसैबीच, राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !