तीन जना ‘आरडीटी पोजिटिभ’

नेपालगञ्ज – भारतबाट नेपालगञ्ज ल्याइएका तीन जनामा आरडीटी टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ ।
सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपालगञ्ज ल्याइएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४ सय ६६ मा आरडीटी टेष्ट गर्दा तीन जनामा पोजिटिभ देखिएको हो । उनीहरु सुर्खेत, कालिकोट र नुवाकोटको रहेको बुझिएको छ । पोजिटिभ देखिएका व्यक्तिको पीसीआर टेष्ट गर्ने तयारी भएको छ ।
यसैबीच, बाँकेको नरैनापुरमा कोरोना पुष्टि भएका आठ जनालाई दाङको बेलझुण्डीस्थित अस्पतालमा लैजाने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !