मुख्य नाकाबाट भित्रिएका कहाँका कति ?

नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट ३२ जिल्लाका मानिसहरु भित्रिएका छन् । त्यसमा बाँकेका २ सय १४ जना छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका ५१, कोहलपुरका २२, बैजनाथका ३१, डुडुवाका ३१, खजुराका २०, जानकीका १७, राप्तीसोनारीका ९ र नरैनापुरका २५ जना रहेका छन् । स्थानीय प्रशासनले भारतीय क्वारेन्टाइनमा रहेका व्यक्तिलाई नेपाल प्रवेश गराउदा यी मानिसहरु नेपालगञ्ज आइपुगेका हुन् । यी सबैलाई शुरुमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा राखिएको छ । त्यहाँबाट पालिकाहरुले आ–आफ्ना व्यक्तिलाई लगिरहेका छन् ।
स्थानीय प्रशासनले नेपालगञ्जसम्म ल्याउने र त्यहाँबाट पालिकाहरुले आफ्ना मान्छेलाई लगेर क्वारेन्टाइनमा राख्ने रणनीति बनाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो ठाउँका मानिसलाई महेन्द्र बहुमुखी क्याम्पसकै राखेको छ । क्याम्पस पहिलादेखि नै क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको छ ।
यो नाकाबाट बाहिर जिल्लाका ४ सय ६६ जना भित्रिएका छन् । उनीहरुलाई पनि सम्बन्धित जिल्लालाई पठाइदैछ ।


error: यो सुविधा उपलब्ध छैन !