संक्रमितले किन गरे ‘रिचेक’को माग ?

नेपालगञ्ज – खजुरास्थित आइसोलेसन अस्पतालमा रहेका संक्रमितहरुले आफ्नो फेरि कोरोना जाँच गर्न आग्रह गरेका छन् । बिरामीको कुनै लक्षण नदेखिएपछि उनीहरुले पुनः जाँचको आवाज उठाएको पाइएको छ ।
नेपालगञ्जका अगुवा एवं ६० वर्षका व्यक्ति पियन रहेको मस्जिदका व्यवस्थापन समितिका अध्यक्ष समसुद्दिन सिद्धिकीले संक्रमितहरुले आफूलाई फोन गरेर आइसोलेसन अस्पतालमा खाना दिएर बसाउने बाहेक केही नगरेको बताएको जानकारी दिनुभयो । ‘उपचार केही गरिएको छैन । खाना दिएर राखिएको छ, संक्रमितलाई उद्धृत गर्दै सिद्धिकीले भन्नुभयो, उनीहरुले रिचेक गर्न माग गरेका छन् ।’
सिद्धिकीको टोलछिमेकीका हुन् उनीहरु । संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसन अस्पतालमा पठाउन सिद्धिकीले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । सिद्धिकीले संक्रमित देखिएका मात्रै होइन, सबै टोलका मानिसको जाँच गर्न आवश्यक रहेको बताउनुभयो ।
खासगरी संक्रमितमा कुनै लक्षण नदेखिएको र आइसोलेसन कक्षमा राखेर पनि कुनै उपचार नगरिएको उनीहरुले विभिन्न व्यक्तिहरुलाई फोन गर्दै रिचेकको आग्रह गरिरहेका छन् । कुनै लक्षण बिना नै कोरोना देखिन सक्छ भन्ने कुरा उनीहरुलाई बुझाउन आवश्यक देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !