घरमै नमाज पढ्न प्रहरीको अनुरोध

नेपालगञ्ज – बाँके प्रहरीले मुस्लिम समुदायलाई रमजानमा घरमै बसेर नमाज पढिदिन अनुरोध गरेको छ ।
मुस्लिम समुदायको पवित्र पर्व रमजान शनिबारदेखि शुरु हुँदैछ । लकडाउनका कारण घरमै बसेर आफ्ना धार्मिक कार्य गर्न प्रहरीले अनुरोध गरेको हो । मुस्लिम धर्मगुरु तथा अगुवाले यसअघि नै घरमै बसेर बसेर नमाज पढ्न आग्रह गरिसकेका छन् ।
बाँके प्रहरीले लकडाउनलाई कडाई गर्दै गएको छ । चार बजेसम्म अत्यावश्यक पसल सञ्चालन गर्न र जरुरी काम भएकालाई हिड्न दिएपनि त्यसपछि कडाई गरेको छ । स्थानीय प्रहरी प्रशासनले मस्जिद र मन्दिरमा रहेका सबैलाई आरडीटी जाँच गर्ने जनाइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !