पाँच सय लिएर नाका ‘पार’

नेपालगञ्ज – साइकलमा राखेर छोटी नाकाबाट एकजनालाई लिएर भारत लिएर जाने र फर्किदा नेपाल आउने मान्छे पाए त्यसलाई बोकेर आउने अनि ती व्यक्तिबाट पाँच-पाँच सय लिने एकजना पक्राउ परेका छन् ।
लकडाउनका कारण नाका बन्द भएको बेलामा नाकामा अलपत्र परेका व्यक्तिलाई लक्षित गरेर पाँच जनाले यस्तो धन्दा गरेको खुलेको छ । त्यसमध्येमा एकजनालाई बाँके प्रहरीले समातेको छ । उसलाई ‘हाजिरी जमानी’मा छोडिएको छ । अहिले उनी जिल्ला प्रहरी कार्यालय, बाँकेमा दैनिक हाजिरी लगाउन आउँछन् ।
यी व्यक्तिले नेपालबाट तीन जनालाई भारत पु¥याएको खुलेको छ । चार जना मुख्य व्यक्ति फरार रहेकाले धेरै खुलासा हुन नसकेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले ती चार जनाको खोजी गरिरहेको छ ।
यी व्यक्तिले साइकलका अलावा जमुनाहा पछाडीको गाउँबाट पनि मान्छेलाई आर–पार गराएको पाइएको छ । रातीमा खुसुक्क नेपाल भित्रिने गरेको सूचना आएपछि प्रहरीले निगरानी बढाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले भारत र नेपालमा नाकामा रोकिएका व्यक्तिलाई पैसा लिएर भित्र्याउने गरेको सूचना आएपछि एकजनालाई समातेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
नाकामा नेपाल र भारतका सुरक्षाकर्मीले कडाई गरेका छन् । यद्यपि, खुल्ला नाका भएकाले भौगोलिक अवस्थाबारे जानकार उनीहरुले सुरक्षाकर्मीको आँखा छल्ने गरेका हुन् । लकडाउनले गर्दा सबैजसो नाकामा कडाई गरिरहदा भारतबाट घर आइपुगेका मान्छेहरु भेटिरहेकाले यसरी नै आएको आकलन गरिएको छ । कोरोनाको जोखिमले गर्दा गाउँटोलका मानिसहरु सचेत भएकाले हालसालै भारतबाट घरमा आएका व्यक्तिलाई जनप्रतिनिधिमार्फत प्रहरीलाई खबर गरेर क्वारेन्टाइनमा पु¥याउने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !